समानुपातिक सांसद छनौटमा लापरबाही भएपछि स्वतन्त्र पार्टीमा भाँडभैलो (उजुरीसहित)

दियो पोस्ट  

काठमाडौं । निकै तामझाम र चर्चा सहित स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदमा नपुग्दै विवादित बनेको छ । समानुपातिक सांसद छनौटमा व्यापक अनियमितता भएको आरोप लगाउँदै पार्टी भित्र उजुरी परेको छ ।
समानुपातिक सांसद छनौटमा आफूमाथि अन्याय भएको भन्दै विभिन्न व्यक्तिले पार्टी कार्यालयमा उजुरी दिएका छन् ।

दलित महिला सदस्यबाट पहिलो नम्बरमा नाम भएपनि आफ्नो नाम हटाई पुरुषको नाम सामेल गराइएको भन्दै उम्मेदवार कल्पना रोक्काले उजुरी दिएकी छिन् । पार्टी सभापति रवी लामिछाने समक्ष उनले दिएको उजुरीमा आफू पहिलो नम्बरमा भएको तर, आफ्नो नाम हटाएर अन्य व्यक्तिलाई सिफारिस गरिएको भन्दै विरोध जनाएकी छिन् ।

रोक्काले प्रारम्भिक निर्वाचनमा आफूले सबैभन्दा धेरै मत ल्याएपनि आफूमाथि चरम अन्याय भएको बताएकी छिन् ।

त्यस्तै पार्टीकै केन्द्रीय सदस्य *गणेश कार्कीले पनि सांसद छनौट प्रक्रिया प्रति विरोध जनाएका छन् । पार्टी प्रवक्ता मुकुल ढकालले आफ्ना आफन्त र कर्मचारीलाई सांसद बनाएको तर आफू र दिपक बोहराको नाम छुटाएको उनको आरोप छ ।

पार्टी कार्यालयमा कल्पना रोक्काले दिएको उजुरी यस्तो छ ।