काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न सापकोटा आइतबार बिहानै खुमलटार पुगेका थिए ।प्रचण्ड र सापकोटाबीच करिब एक घण्टा वार्ता भएको उनीनिकट स्रोतले बतायो ।
सापकोटा ०७४ सालमा सिन्धुपाल्चोक १ बाट निर्वाचित भएका थिए । युवालाई छाड्ने भन्दै यो पटक सापकोटा चुनाव लडेनन् ।
सिन्धुपाल्चोक १ बाट सापकोटाकै भतिज माधव सापकोटा ‘सुवोध’ निर्वाचित भइसकेका छन् ।