दाङमा ‘हनि ट्रयाप’मा संलग्न २ महिलासहित ३ जना पक्राउ

बलात्कार मुद्दा हाल्ने धम्की दिँदै करोडौंको डिलिङ

दियो पोस्ट  

दाङ । दाङमा हनि ट्रयापमा संलग्न एक पुरुष र २ महिलासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही–१० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसी, तुलसीपुर १८ ग्वारखोलाकी ३६ वर्षीया कृष्णकुमारी बस्नेत, गढवा–६ घर भई हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णि गहतराज छन् । घोराही १० नारायणपुरबाट पुरुष र तुलसीपुरबाट २ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरूले तुलसीपुरका एकजना व्यवसायीलाई मेसेन्जर र मोबाइलबाट शारीरिक सम्पर्कको प्रस्ताव राखेको र पछि बलात्कार मुद्दा हाल्ने भनी मोटो रकम ब्ल्याकमेलिङ गरेका थिए ।

दाङ प्रहरीका डीएसपी तथा प्रवक्ता राजन गौतमका अनुसार उनीहरीबीचको मोबाइल मेसेज र मेसेन्जरको कुराकानी हेर्दा ५ करोडको बार्गेनिङ गरेको देखिएको र नगद ३० लाख बुझिसकेको बताए । बार्गेनिङ गरे अनुसारको थप पैसा माग्नेक्रममा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पीडित व्यवसायीले आफूलाई यौन सम्पर्कको प्रस्ताव राख्दै ब्ल्याकमेलिङ गर्न खोजेपछि प्रहरीमा जाहेरी दिएका थिए । प्र