काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोग निष्प्रभावी भएको पत्र लेखेका संघीय संसद सचिवालयका महासचिव भरत गौतमले सर्वोच्च अदालत प्रशासनले पठाएको पत्रको जवाफ दिएका छन्।सर्वोच्चले बुधबार पठाएको पत्रको आइतबार प्रत्युत्तर पठाइएको संसद् सचिवालयले जनाएको छ। बुधबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णयअनुसार सर्वोच्चका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मीले संसद् सचिवालयलाई विभिन्न प्रश्नहरु सोधेका थिए। जसमा ‘नवनिर्वाचित प्रतिनिधि सभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानुनी व्यवस्थाको आधारमा महासचिवले महाभियोगको प्रस्ताव निष्प्रभावी भएको भनी उल्लेख गर्नुभएको हो?’ भन्ने लगायतका प्रश्न सोधेका थिए।
निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मंगलबार आफूमाथिको महाभियोग निष्प्रभावी भएको भन्दै सम्बन्धित निकायहरुलाई जानकारी गराइदिन संसद् सचिवालयलाई पत्र लेखेका थिए। संसद् सचिवालयका महासचिव भरतराज गौतमले सोहीअनुसार बुधबार पत्र लेखेका थिए।