धनुषामा बन्चरोले हानेर सुतिरहेकी श्रीमतीको हत्या

दियो पोस्ट  

काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिनगरमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । अन्दाजी ३५ वर्षीय वीरेन्द्र यादवले आइतबार मध्यरात श्रीमती २७ वर्षीया रितादेवी यादवलाई सुतेकै ठाउँमा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । वीरेन्द्रलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ ।

बञ्चरो आक्रमणबाट गम्भीर घाइते रितालाई उपचारका लागि स्थानीयले राति नै जनकपुरस्थित काव्या अस्पताल लगेपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
श्रीमतीको हत्या गरेका श्रीमान् वीरेन्द्रलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ ।