लालझाँडी गाउँपालिका अध्यक्षका छोरा झुण्डिएको अवस्थामा फेला

दियो पोस्ट  

काठमाडौं । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाका छोरा सोमबार जंगलमा मृत अवस्थामा फेला परेका छन् । लालझाँडी गाउँपालिका–२ स्थित जंगलको एउटा रुखमा २० वर्षीय मनोज राना झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारी नेतृत्वको टोली अहिले घटनास्थलमा पुगेको छ ।

उनका अनुसार राना एउटा रुखको हाँगामा प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेका छन् । घटनास्थल घरभन्दा करिब १ किलोमिटर टाढा रहेको छ । अध्यक्ष राना भने काठमाडौंमा छन् । खबर सुनेपछि उनी फर्किरहेको प्रहरीले जनाएको छ ।