अध्यादेशबारे गगन भन्छन् : सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्दैन

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले सरकारले अध्यादेश निर्णय सम्पूर्ण रुपमा गलत भएको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुमा लेख्दै उनले सरकारले गरेको यो गलत निर्णय पार्टीले बोक्न नसक्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘सरकारको अध्यादेश ल्याउने निर्णयको विषय र प्रक्रियाका बारेमा महामन्त्री विश्वप्रकाश शर्माले राख्नुभएको धारणा शत प्रतिशत सही छ। यो मेरो वा विश्वप्रकाश शर्माको मात्र होइन नेपाली कांग्रेस पार्टीकै धारणा हो, मान्यता हो। किनकी विगतमा पटक पटक यसरी अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको छ।अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ। त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै छ। अतः सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न सक्दैन।यो अध्यादेशको सम्बन्धमा नेपाली कांग्रेसको धारणा स्पष्ट छ।’