कामचलाउ सरकारको निर्णय : उदयपुर सिमेन्ट उद्योग टाट पल्टाउने न्यौपाने फेरी जिएम नियुक्त

- दियोपोस्ट  

काठमाडौं । निर्वाचन अघि प्राप्त जनमतको आधारमा नयाँ संसदले का मगर्न नपाउँदै बर्तमान सरकारले सुटुक्क विभिन्न निर्णय गर्दै आएको छ । माफियालाई अर्बौंको ठेक्का सुटुक्का सुम्पेको सरकारले उदयपुर सिमेन्ट उद्योग टाट पल्टाउने एक विवादास्पद पात्रलाई फेरी उदयपुर सिमेन्ट उद्योगकै जिएम नियुक्त गरेको खुलेको छ ।

उद्योगलाई चरम आर्थिक संकटमा लैजाने गोपीकृष्ण न्यौपानेलाई सरकारले फेरी पदावधी थप गरेको छ ।

नेपाल सरकारको पूर्णस्वामित्व रहेको उक्त उद्योगमा दुई वर्षे कार्यकालको लागि नियुक्त भएका महाप्रबन्धक न्यौपानेलाई पुनः एक वर्षको लागि पदावधि थप गरिएको हो । कार्यक्षमता कै अभावमा उद्योग नै टाट पल्टिएपछि कर्मचारीले आन्दोलन नै गर्नुपरेको थियो । आन्दोलनरत कर्मचारीलाई विभिन्न व्यक्ति लगाएर धम्काउँदै आएका न्यौपानेलाई कुन शक्तिको आडमा नियुक्ती दिइयो भन्ने खुलेको छैन । तर, उनको नियुक्ती भने रहस्यमयी बनेको छ । ‘उहाँको नियुक्ती नै सन्देहास्पद छ । जहिलेदेखि उहाँ यो उद्योगमा आउनु भयो । उद्योग निजिकरण गर्ने उद्देश्यले विभिन्न गतिविधि गर्दै आउनु भएको छ,’ एक कर्मचारीले भने,‘अहिले कोइला समेत किन्न नसकेर उत्पादन ठप्प हुनुपर्ने अवस्था उहाँकै कारण आएको हो । तर, सरकारले उनैलाई फेरी नियुक्ती दियो भन्ने सुन्दा पनि अचम्म लागेको छ ।