हाम्रा एजेन्डा सम्बोधन हुने सर्तमा मात्रै सरकारमा जान्छौँः रवि लामिछाने

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने–नजाने विषयमा छलफल सुरु भएको बताएका छन्।

सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले भने, ‘सरकारमा को भन्नुभन्दा पनि एजेन्डा जाने हो। हाम्रा केही माग र एजेन्डा छन्। ती माग पूरा हुने स्थितिमा वा पूरा गर्ने प्रतिबद्धता भएको खण्डमा सरकारमा जाने कुरा रहन्छ। सरकारमा उपस्थित हुन मात्र जाने विषय रहँदैन।’

उनले अहिलेसम्म दुईवटा पार्टीसँग छलफल भइसकेको र अन्य दलसँग पनि छलफल जारी राखेकाले सबै दलसँगको छलफलपछि सरकारमा जाने वा प्रतिपक्षमै बस्ने निर्णयमा पुग्ने प्रतिक्रिया दिए।