कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित, महामन्त्री थापाले पाए २५ मत

दियो पोस्ट  

नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउावा निर्वाचित भएका छन् । देउवा ६४ मत ल्याएर निर्वार्चित भएका हुन् । उनका प्रतिस्पर्धी महामन्त्री गगन थापाले २५ मत मात्र प्राप्त गरे छन् । मतदानमा सबै ८९ सांसद सहभागी भएका थिए ।