निर्वाचित भएपछि देउवाले भने– आगामी दिनमा पार्टीलाई व्यवधान मुक्त राख्नेछु

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधान मुक्त राख्ने काममा आफू लाग्ने बताएका छन्। बुधबार बिहान नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले आगामी दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजाने कुरामा आफू प्रतिवद्ध रहेको बताएका हुन् । ।

‘सबैले मलाई विजयी गराउन मद्दत गर्नुभयो, हार्दिक धन्यवाद छ। यो पार्टीलाई राम्रो रूपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई व्यवधान मुक्त राख्नेछु,’ उनले भने।
प्रधानमन्त्री देउवाले आफूलाई नेपाली कांग्रेस संसदीय दलको नेताका रुपमा विजयी गराएकोमा सांसदहरुलाई धन्यवादसमेत दिए।