किन रिहा हुन मानेनन् चार्ल्स शोभराज ?

पाहुनाका रुपमा केन्द्रीय कारागारमै बस्ने

दियो पोस्ट  

काठमाडौं । सिरियल किलर फ्रान्सेली नागरिक चाल्र्स शोभराज बिहीबार रिहा नहुने भएका छन् । उनलाई केन्द्रीय कारागारबाट बिहीबार अध्यागमन विभाग लैजाने तयारी थियो ।

तर अध्यागमनले जिम्मा जमानीमा छाड्ने भएपछि शोभराजले रिहा हुन नमानेका हुन् । शोभराजलाई कानुनी सहयोग गरिरहेका गोपाल शिवाकोटीका अनुसार उनी बिहीबार केन्द्रीय कारागारमै पाहुनाका रुपमा बस्नेछन् ।