काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । हिजो (बिहीबार) संघीय सांसदको शपथ लिएसँगै संवैधानिक जटिलता सिर्जना भएपछि उनले आज राजीनामा दिएका हुन् । पाण्डेले ०७८ कातिक ११ गते प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । पाण्डे नेकपा एकिकृत समाजवादीको केन्द्रीय उपाध्यक्ष समेत हुन् ।