त्रिभुवन विमानस्थलबाट १९ केजीभन्दा बढी सुन बरामद, एक विदेशी पक्राउ

दियो पोस्ट  

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । विमानस्थल स्रोतका अनुसार पक्राउ पर्ने सुडानका नागरिक हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा सुन फेला परेको हो । आरोपी फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् ।