प्रचण्डलाई अमरेश कुमार सिंह र प्रभु शाहको समेत समर्थन (पत्रसहित)

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो नेतृत्वमा सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् ।

माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेश गरेका छन् ।
७ दलका १६६ सांसदसहित आफूलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका उनले साढे २ वर्ष प्रधानमन्त्री बन्न पाउनेछन् ।
प्रचण्डलाई नेपाली कांग्रेसबाट विद्रोह गरि स्वतन्त्र सांसद जितेका अमरेश कुमार सिंह र स्वतन्त्र सांसद प्रभु शाहले समेत समर्थन गरेका छन् ।