प्रचण्ड नेतृत्वमा आठ सदस्यीय मन्त्रिमण्डल गठन

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले तीन उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन्। उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने छन्। पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। अन्य मन्त्रीहरुमा जनमत पार्टीबाट अब्दुल खान एमालेबाट तीन मन्त्री ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राईले शपत लिएका छन्।