गृहमन्त्री लामिछानेको नागरिकता छानबिनको माग गर्दै प्रदर्शन, नेविसंघका नेता पक्राउ

दियो पोस्ट  

काठमाडौ । नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका तीनजना नेता पक्राउ परेका छन् । शीतल निवासमा गृहमन्त्री लामिछानेको शपथग्रहण चलिरहेका बेला उनीहरूले प्रदर्शन गरेका थिए । पक्राउ पर्नेमा नेविसंघका नेता भुवन भट्टसहित ३ जना रहेको प्रहरीले जनाएको छ ।

लामिछानेले विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता नलिई उम्मेदवार बनेको भन्दै मुद्दा चलिरहेको छ । प्रदर्शनस्थलबाट नेविसंघका भुवन भट्ट , विक्रम आदित्य गिरी, मनिष रायमाझी पक्राउ परेका हुन् ।