काठमाडौमा डेरा खोज्दै देउवा, बालुवाटार छाड्न केही दिन लाग्ने

दियो पोस्ट  

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारी निवास छाड्न केही समय लाग्ने भएको छ । आकस्मिक रुपमा सत्ता गठबन्धन छुटेसँगै प्रतिपक्षमा पुगेका देउवा प्रधानमन्त्री पद गुमाउँदै सरकारी निवास बालुवाटार छाड्नुपर्ने अवस्थामा पुगेका हुन् । बूढानीलकण्ठस्थित देउवा निवास मर्मत कार्य चलिरहेकाले उनी तत्काल त्यहाँ बस्न सक्ने अवस्था रहेको छैन । उक्त घर मर्मत गर्न करिब ४ महिना लाग्ने देखिएको छ । सो अवधिमा देउवा भाडाको घरमा बस्ने छन् ।

निर्वाचनबाट पहिलो पार्टी बनेको कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुबै पदको दाबी नछाडेपछि अन्तिम समयमा आएर माओवादीले एमालेसँग सहकार्य गरेको थियो । जसका कारण अप्रत्यासित रुपमा कांग्रेस सत्ताबाहिर पुगेको हो ।