काठमाडौं । नेकपा एसका अध्यक्ष माधावकुमार नेपालले गठबन्धनमा कांग्रेस र माओवादी दुवै तिरबाट आफूहरु पीडित भएको बताएका छन् ।
पार्टी कार्यालयमा मंगलवार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले एउटा सीट लिनका लागि गठबन्धनमा आफूहरुले दुवैको अपमान सहनु परेको बताए । उनले भने,’हामी त कांग्रेस र माओवादी दुवैबाट पीडित भयौं । कांग्रेसले पनि हामीलाई हेप्यो,माओवादीले पनि हेप्यो । हाम्रो शक्तिलाई अपमान गरे । तर कांग्रेस र माओवादीले सहयोग गरेरै कतिपय सीट जितेका छौं । त्यसैले साथ र घात दुवै पायौं ।’