काठमाडौं । संसद विघटन भएपछि पहिलो पटक पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् । २०७७ पुस ५ को संसद विघटनपछि पहिलो पटक ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका हुन् । भेटमा समसमायीक विषयमा कुराकानी गर्ने स्रोतले बतायो ।
प्रधानमन्त्री प्रचण्डले बिहान मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए ।