बालुवाटार बैठकः न्यूनतम साझा कार्यक्रम ५ दिनमा तय गर्ने, संयोजक ओली

दियो पोस्ट  

काठमाडौं । सत्ता साझेदार राजनीतिक दलहरूको बिहीबारको बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूको बैठकमा न्यूनतम साझा कार्यक्रम तय गर्न समिति गठन गरेको र त्यसको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाइएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका छन् । प्रत्येक दलबाट उक्त समितिमा १–१ जना नेताहरूलाई सदस्यको रूपमा जिम्मेवारी दिइने छ । संसदबाट विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल रहेको बताइएको छ ।

त्यस्तै, प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकार गठनबारे पनि दलहरूबीच छलफल भइरहेको बताइएको छ ।

ओली नेतृत्वको कार्यदलको बैठक भने भोलिदेखि नै हुनेछ