मन्त्रालयको स्वीकृतिबिना नेता र राजदूत नभेट्न गृह मन्त्रालयको निर्देशन

दियो पोस्ट  

काठमाडौं । गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीलाई स्पष्ट प्रयोजनका साथै विभागीय स्वीकृति नलिइकन राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका नेतृत्वसँग भेटघाट नगर्न निर्देशन दिएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले बिहीबार विज्ञाप्ति जारी गर्दै यस्तो निर्देशनविपरीत कार्य गरे/गराएको पाइएमा प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने जनाएका छन् ।

सुरक्षा अधिकारीहरुले सरुवा बढुवाका लागि नेताहरुका घर धाउने, आफ्नो पदीय जिम्मेवारी भन्दा अन्य कामका लागि लबिङ गर्ने गर्छन् । यसलाई नियन्त्रण गर्नका लागि गृहरले यस्तो निर्देशन दिएको हो ।