प्रधानमन्त्री प्रचण्डले पुस २९ गते विश्वासको मत लिने

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २९ गते विश्वासको मत लिने प्रस्ताव संसद्‌मा राख्ने भएका छन् । प्रधानमन्त्रीले सरकारको भागबण्डा पूरा नभइसके पनि विश्वासको मत लिने तयारी छ । २५ गतेका लागि संसद्को अधिवेशन आह्वान भइसकेको छ । सरकार बनेको ३० दिनभित्र विश्वकासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

अहिले नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीसहित सात दलले सरकारलाई समर्थन गरेका छन् ।