के ओनसरी घर्तीले उपराष्ट्रपति पदमा दाबी गरेकै हुन् ?

दियो पोस्ट  

काठमाडों । पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले आफूले उपराष्ट्रपतिमा दाबी नगरेको स्पष्ट पारेकी छन् ।

आफूले पार्टी नेतृत्व समक्ष त्यस्तो दाबी नगरेको र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहालसहित कोही पनि नेताले प्रस्ताव समेत नगरेको घर्तीले उल्लेख गरिन्।

‘मैले उपराष्ट्रपतिमा दाबी गरेको छैन र गर्दिनँ पनि’, उनले भनिन्, ‘मेरो मनमा समेत नउब्जिएको विषय समाचारमा आउँदा आश्चर्यचकित भएकी छु।’

केही दिनयता घर्तीले उपराष्ट्रपतिमा दाबी प्रस्तुत गरेका समाचारहरु आएका थिए।