गृहमन्त्रीको चेतावनी : सरुवाको कार्यविधि बन्छ, नेताका घर धाए कारबाही गर्छु

दियो पोस्ट  

काठमाडौं । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । नक्सालस्थित प्रहरी प्रधान कार्यालय निरीक्षण गर्दै लामिछानेले प्रहरी कर्मचारीका लागी सेवा सुविधा बढाउन आफू लागिपर्ने बताए । करिब २० मिनेट लिखित भाषण गरेका लामिछानेले प्रहरी अधिकृतहरूलाई नेताका घरमा धाएर सरुवा नहुने चेतावनी दिएका छन् । ‘सरुवा बढुवाका लागि नयाँ कार्यविधि बन्छ’ गृहमन्त्रीले भने–‘अब नेताका घरमा धाएर सरुवा हुँदैन ।’ हिजोका दिनमा नेताको घरमा धाउनेहरूको पछि मूल्यांकन गरिने उल्लेख गर्दै लामिछानेले भने–‘नेताको घरमा जाने प्रथाको अत्य गर्नुपर्छ ।’ नेताका घरमा धाउने अधिकृतहरूलाई कारबाही गर्ने उनले चेतावनी दिए ।