प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षीको बधाई सन्देश

दियो पोस्ट  

काठमाडौं । नेपालका लागि चिनियाँ चार्ज डी अफेयर्स वाङ जिनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट वार्ता गरेका छन् । सीडीए वाङले प्रधानमन्त्रीलाई भेटेर चिनियाँ प्रधानमन्त्री ली खछ्याङको बधाई सन्देश हस्तान्तरण गरेका हुन् । शुक्रबारको यस भेट वार्ताका विषयमा प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो । प्रधानमन्त्री दाहालसँग यसअघि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भेट गरिसकेका छन् ।