काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले हरिबोल गजुरेलको राजीनामा स्वीकृत नगरी तामेलीमा राखेको छ।
गत मंसिर २० गते गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका थिए।
‘प्रधानमन्त्रीले आफ्नो कुरा नसुनेको र सरसल्लाह पनि नभएको’ भन्दै उनले राजीनामा दिएका थिए।
माओवादी केन्द्रमा उपमहासचिव रहेका गजुरेल माघ ९ गते प्रधानमन्त्री प्रचण्डको प्रमुख सल्लाहकार नियुक्त भएका थिए।
यो पनि …
हरिबोल गजुरेल भन्छन्, ‘मंसिर २० मै राजिनामा दिएको हुँ, कारण खुलाउँदिनँ’