गोवा नाइट क्लब आगलागीमा चार नेपालीको मृत्यु

दियोपोस्ट संवाददाता  

भारतको गोवास्थित एक नाइट क्लबमा भएको आगलागीमा परी चार जना नेपालीले पनि ज्यान गुमाएको खुलेको छ।

सोमबार भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले सार्वजनिक गरेको मृतकको सूचीमा चार जना नेपाली नागरिकको पनि नाम उल्लेख छ।

आइतबार ब्रिच बाइ रोमियो लेन नाइटक्लबमा भएको आगलागीमा २५ जनाले ज्यान गुमाएका थिए।

त्यसमध्ये चार जना नेपालीहरूसमेत रहेको टाइम्सले जनाएको छ।

ज्यान गुमाउने नेपालीहरूमा चुर्णबहादुर पुन, विवेक कटवाल, सबिन र सुदीप रहेको खुलेको छ।

परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पनि नेपाली नागरिक परेको पुष्टि गरेका छन्।

सिफारिस