पर्यटन व्यावसायी ज्योति अधिकारीलाई पनि पोखरा विमानस्थलको ८ अर्ब ३७ करोड भ्रष्टाचारको मुद्दा

दियोपोस्ट संवाददाता  

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५५ नेपाली उच्च पदस्थसहित एक कम्पनि विरुद्ध मुद्दा दायर गरेको छ । नुवाकोटबाट पूर्वअर्थमन्त्री रामशरण महत र पूर्वपर्यटन मन्त्री स्वर्गिय पोष्ट बहादुर बोगटीलाई समत भ्रष्टाचार मुद्दा लागेको छ । यो प्रकरणमा प्रखर पर्यटन व्यावसायी ज्योति अधिकारीलाई पनि प्रतिवादी बनाइएको छ । विगत लामो समयदेखि पर्यटन व्यावसायमा आवद्ध अधिकारी ट्रेकिङ एजेन्सिज एशोशियशन अफ नेपाल (टान)का पूर्वअध्यक्ष समेत हुन् ।


कुल आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँ बिगो कायम भएको यो मुद्दामा अधिकारी समेत प्रतिवादी बनेका हुन् । उनलाई तत्कालिन नागरिक उडयन प्राधिकरणको संचालक समिति सदस्यको हैसियतमा मुद्दा अभियोजन गरिएको हो । २०६९ असार ३१ को बैठकबाट योग्यता नै नपुगेको बोलपत्रदातालाई आर्थिक प्रस्ताव खोली प्रक्रियामा सामेल भएको अभियोग पत्रमा उल्लेख छ ।
यता अधिकारीले भने बयानका क्रममा संचालक सदस्यको रुपमा नीतिगत निर्णयको प्रक्रियामा मात्रै भाग लिएको बताएका छन् ।

सिफारिस