काठमाडौं,मंसिर १८ ।
क्रिस्चियनहरुको देश अमेरिकामा १८ महिना जेल सजाय पाएका
जासुसीको आरोपमा उत्तर कोरियामा पाँच वर्ष जेल बसेका
धर्मलाई दुरुपयोग गरेको आरोपमा बेलायत र जापान प्रवेशमा प्रतिवन्धित मुनको संस्थाले नेपालमा भने सिंगो राज्यलाई नै सक्रिय बनाएर भव्य धर्मशभा गर्यो । किनकी पृष्ठभूमिमा थिए सत्तारुढ दलका शीर्षनेता मधवकुमार नेपाल ।
विवादास्पद एसिया प्यासिफिक समिटले सरकारलाई बदनाम बनाएको छ । पृष्ठभुमिमा मुख्य अभिभावक भने सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव नेपाल थिए ।
नेता नेपालकै पहलमा सरकार यो कार्यक्रममा सरिक भएको हो ।
नेकपा नेता नेपालको पहलमा नेपालमा यो सम्मेलन गर्ने निर्णय ६ महिनाअघि नै भएको हो । उनकै पहलमा युनिभर्सल पिस फेडेरेसन नेपालका अध्यक्ष एकनाथ ढकालले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग भेटेका हुन् ।
कार्यक्रमलाई सुनिश्चित बनाउन फेडेरेसन प्रेसिडिङ काउन्सिलका सदस्य तथा फिलिपिन्सका पुर्वसभामुख होसे डे भनेनेसिया ६ महिनाअघि नेपाल आएका थिए । माधम नेपालमार्फत भेनेसियाले नेपालको उच्च राजनीतिक नेतृत्वलाई भेटेका थिए ।
फेडेरेसनमार्फत माधव नेपालले कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग पनि बलियो सम्बन्ध बनाएका छन् । सन् १९८५ देखि निरन्तर सत्ताम रहेका हुन सेनले गत जुलाईमा प्रमुख प्रतिपक्षी दललाई प्रतिबन्ध लगाएर निर्वाचन गराएका थिए । संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रि संघसंस्थाहरुले मान्यता नदिएको सो निर्वाचनमा नेपालबाट पुर्ववेक्षकको रुपमा माधव नेपाल गएका थिए । अाजकाे नयाँपत्रिका दैनिकमा खबर छ ।