दुगड ग्रुपको ‘आक्वा हन्ड्रेड’ मिनरलवाटरमा किरैकिरा

Diyo post  

काठमाडौं, मंसिर १९ । बढ्दो जनसंख्या र अत्यधिक मात्रामा खानेपानीको मागको फाइदा उठउँदै केही निजी पानी व्यवसायीहरुले आम उपभोक्ताको जनस्वास्थ्यमा प्रतिकलद असर पर्ने गरी गुणस्तरहीन पानीको उत्पादन गरी बिक्रीवितरण गर्दै आएको भेटिएको छ ।

जमिनमुनिको पानीलाई तानेर सिलबन्दी बोटलमा प्याक गरी अत्यधिक महंगोमा बिक्री हुँदै आएका मिनरलवाटरहरु पछिल्लो समयमा गुणस्तरहीन र अखाद्य बस्तु मिसिएको पानी बजारमा बिक्री हुँदै आएको पाईएको हो ।

सोही क्रममा ठूला घरानीया कम्पनीको नाममा नेपाली बजारमा बिक्री हुँदै आएको आक्वा हन्ड्रेड नामको पानी गुणस्तरहीन र बन्द बोटलभित्र साङ्ला भेटिएको छ । एचसी दुगड ग्रुपद्धारा उत्पादन हुँदै आएको सो पानीमा साङ्ला र किराहरु भेटिएको हो ।

सो समूहले उत्पादन गरेको के ०१८ ब्याच नम्बर रहेको पानीमा खुला आँखाले देखिनेगरी साङ्ला भेटिएको हो । बजारमा खुद्रा पसलमा खरिद गएिको सो कम्पनीका आधिकारीक व्यक्तिसँग सम्पर्क गर्दा केही पनि सम्पर्कमा आउन चाहेनन् । बुधबारको आर्थिक दैनिकमा खबर छ ।

सम्बन्धित खबर