लापरबाहीको नमुनाः १२ वर्षदेखि नम्बरबिनाको नागरिकता !

diyopost.com
दियो पोस्ट   शनिबार, मंसिर २२, २०७५ | ६:५७:४८

काठमाडौं, मंसिर २२ । नागरिकता प्रमााणपत्र प्रदान गर्ने निकायको चरम लापरबाहीको नमुना राजविराजमा देखिएको छ । नागरिकता पाएको १२ वर्षपछि नागरिकतामा टाँसिएको फोटो परिवर्तन गर्न शुक्रबार जिल्ला प्रशाशन काार्यलय पुग्दा नागरिकता प्रदान गर्ने निकायको चरम लापरबाही भेटिएको हो ।

सप्तरीको साबिकको बेल्ही चपेना गाविस ४ निवासी अमरिकादेवि मण्डलले पाएको नागरिकतामा धमिलिएको फोटो परिवर्तन गर्न खोज्दा सरकारी लापरबाही उदांगो भएको हो । उनले १८ फागुन २०६३ सालमा जिल्ला प्रशासन कार्यलयको टोली मार्फत नेपाली नागरिकताको प्रमाणपत्र बनाएकी थिईन । आजको राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित खबर