काठमाडौं, २५ मंसिर । निर्मला पन्तको बलात्कारमा संलग्न दोषी पत्ता लगाउन प्रहरीले धेरै अनुसन्धान गरिसके पनि अझै दोषी पत्ता लगाउन सकेको छैन् । संसदीय समितिमा यस विषयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग जवाफ माग गरेको छ ।
यस्तो छ महानिरीक्षक खनालले संसदीय समितिमा दिएको जवाफः
जे कुरा भएका छन सत्य भन्छु । सत्य कुरा सत्य रुपमा नै बाहिर आओस । व्यक्तिगत रुपमा संसदमा उपस्थिति त्यति राम्रो होइन । केही माननीय सदस्यहरुले प्रहरी महानिरीक्षकको भूमिका राम्रो भनेर राख्नुभयो होला । केहीले महानिरीक्षकै भूमिका नराम्रो भयो भनेर राख्नुभयो होला । विगतमा मैले नै केही माननीय सदस्यहरुलाई समातेर अहिले पनि जेलमा हुनुहुन्छ । यसको आक्षेप सबै माननीय सदस्यहरुमाथि लगाउनु हुँदैन ।
केही प्रहरी अधिकारीसँग जोडेर सिंगो प्रहरी संगठनलाई नै जोडनु हुँदैन । प्रहरी संगठनमा गलत क्रियाकलापहरु गर्नेहरुलाई दण्ड र राम्रो काम गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको छ । अहिले नेपाल प्रहरीमाथि धेरै चिन्ता गरिएको बारेमा सन्दर्भमा केही कुरा राख्न चाहन्छु । केही समय अघि मात्र भएको अनलाईन गुड गर्भनेन्सको अवार्ड नेपाल प्रहरीले जितेर आएको छ । भ्रष्टचारमा शुन्य सहनशिलता र नागरिकहरुको सेवालाई प्रमुख कार्यभार ठान्छ भन्ने कुरामा नेपाल प्रहरीमाथि गर्व गर्नुपर्छ ।
इन्टरपोलको सन्दर्भमा अहिलेसम्म ठूलो मात्रामा विदेशमा बसेका अपराधीहरुलाई पक्राउ गरेर ल्याएको अवस्था छ । हामीसँग स्रोत साधन नभएको अवस्थामा अन्तर्राष्ट्रिय रुपमा सम्बन्ध विकास गरेर व्यवसायीकताको रुपमा जुनसुकै देशमा भएको अपराधीलाई पनि नेपाल ल्याउन सफल भएको छ । जुन कुरा कानुनले नदिँदा नदिदैको अवस्थामा पनि काम गरेका छौं । मान्य सदस्यहरुको यस बारेमा कानुन निर्माण गर्न ध्यान जाओस भनेर आग्रह गर्न चाहन्छु ।
हामीलाई हात बाँधिएको अवस्थामा पनि अपराधी ल्याएका छौ । यो शास्वत सत्य हो । नेपाल प्रहरी संगठनको निश्चित सीमा हुँदाहुँदै पनि यति काम भएको छ भनेर गर्वको साथ भनिदिनुभयो भने हामीलाई काम गर्न उत्साह थपिन्छ भन्ने कुरा निवेदन गर्न चाहन्छु ।
यस अवधिमा लामो समयदेखि फरार रहेका ७३२ जना अभियुक्त पक्राउ गरिएको छ । हामीले सुन्ने गरेका थियौं–पाच÷सात महिना अघिसम्म डोजर जलाए काम गर्न पाइएन निर्माण गर्न सकिएन, केही ठाउँमा बम राखियो भन्ने घटना अहिले सुन्न परेको छैन् । विप्लवका ३४९ जना कार्यकर्तालाई पक्राउ गरेर मुद्दा चलाइएको छ । चाहे मधेसको कुरा होस् । चाहे पहाडको कुरा होस् । कही कतै जनताले समस्या भोगेका कुरा छन् भने माननीय सदस्यहरुबाटै पाउँ । यसलाई हल गर्न हामी निर्भिकताको साथ अगाडि बढछौं । अहिले हामीलाई सुन्नमा आएका छैनन् । अहिलेको अवस्थामा शान्ति सुरक्षामा सुधार आएको अवस्था छ । यस अघि अनाधिकृत रुपमा चन्दा माग्यो भनेर व्यवसायीका गुनासो आउने गरेको थियो । मैले व्यवसायीहरुसँग सोधेको छु–कुनै ठाउँमा छ भने हामी लिक गर्दैनौं काम गर्छौं भनेर भनेका छौं । यसको बारेमा पनि माननीय ज्यूहरुबाटै जानकारी पाउँ ।
सिके राउतको बारेमा ठोस कदम चालिएको छ । देखिएका कुरा राखिदिनुभयो भने प्रहरी संगठन अझै अगाडि बढ्छ । ९४ जना सिके राउतका कार्यकर्तालाई पक्राउ गरेर मुद्दा चलाएको अवस्था छ । राष्ट्र विरोधी अबान्छित गतिविधि गर्न दिइएको छैन् । सर्वोच्च अदालतबाट रिट खारेज भएको अवस्थामा अहिले सिके राउत कारागारमा रहेको अवस्था छ । राज्य विरोधी गतिविधि भाको छैन भन्दिन तर उल्लेखिय रुपमा न्युन भएको कुरा अवगत गराउन चाहन्छु । तीन वटा अन्तर्राष्ट्रियस्तरको कार्यक्रम नेपालमा भयो । नेपाल प्रहरीलाई दिएको जिम्मेवारी सुरक्षित ढंगले निर्भिक र निष्ठाको साथ सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय रुपमा सुरक्षाको मजबुद्ध आधार तयार गर्न सक्षम भएका छौं ।
अवैध हातहतियारको बरामत गरिएको छ । १५२ थान साना ठूला हातहतियार पक्राउ गरिएको छ । १५० जना व्यक्तिहरु पक्राउ परेका छन् । हाम्रा छोराछारी लागू औषध दुव्यर्सनीमा परे भन्ने चिन्ता छ । यस विषयमा हामीले के गररहेका छौं ? कुन ठाउँमा सुधार केन्द्रहरु बनाएका छौं ? कुन ठाउँमा प्रहरीले समातेर ल्याएको अवस्थामा सुुधार गर्ने ठाउँमा दिएका छौं ? हामीले गलत काम गर्नेलाई मुद्दा दर्ता गरेर जेलमा राख्छौं । जेलबाट छुटेपछि त्यही ठाउँमा जान्छ ।
त्यहीँ ठाउँमा पुनः पक्राउ गरेर ल्याउनु पर्ने अवस्थामा छ । यस बारेमा नियम कानुनमा सुधार गरिदिनु पर्ने अवस्था छ । प्रहरीलाई ‘गर गर’ भनेर मात्र भएन । कारागारमा लगेपछि फेरि सुध्रिएर आओस् भनेर कारागारको व्यवस्था गर्ने हो । कारागारको अवस्था सुधार गर्न पनि माननीय सदस्यहरुको ध्यान जाओस् । कारागारको अवस्थामा राम्रो नहुँदा धरैे बर्ष अघिदेखि हामीले अपेक्षा गरेको नतिजा आउन सकेको छैन । लागू औषधतर्फ पनि मुद्दा बढ्यो भन्ने होइन । प्रहरी सक्रिय भएको छ । पाँच महिनाको अवधिमा मात्र लागू औषध कारोबारी बढेको त होइन होला ।
नेपाल प्रहरी अहिलेसम्म गाजा फडानी भनेर लागिरहेको छ । विघाको विघा गाजा फडानी गर्नु परेको छ । २८ सय ३६ जना व्यक्तिहरुलाई पक्राउ गरिएको छ । घरेलु मदिरा नष्ट गर्ने विशेष रुपमा कार्यक्रम सञ्चालन गरेका छौं । लागू औषध र मदिराको कारण वलात्कारदेखि अपराधिक काम देखिएको छ । ३७ प्रतिशत मात्र अपरिचत व्यक्तिहरुबाट बलात्कार भएको तथ्याङक छ ।
आफ्नै साथी, परिवारकै सदस्यले र छिमेकीले ३३ प्रतिशत बलात्कारको घटना भएको देखिन्छ । आफन्तबाट पनि चार प्रतिशत घटना भएको छ । सामाजिक संरचनासँग एक खालको कार्यक्रम लैजानु पर्छ भन्ने ठानेर अहिले प्रहरीले प्रहरी–समुदाय साझेदारी कार्यक्रम अन्तर्गत ७५३ स्थानीय तह मध्य ७२८ वटा स्थानीय तहको सरकारमा समन्वय गरेर काम अगाडि बढाएका छौ ।
समुदाय, विद्यालय शिक्षक लगायतलाई समावेश गरेर कमिटीहरु बनाएर अगाडि बढाएका छौ । महिला सञ्जालसँग पनि जोडिएर काम अगाडि बढाएका छौं । फरार अपराधी पक्राउ गर्ने , समाजमा शान्ति सुरक्षाको अवस्थामा थप सुधार ल्याउने १२ वटा इस्युलाई अगाडि बढाएका छौ । अब हरेक शहरमा सिसी क्यामेरा जडान गर्ने काम भइरहेको छ । महिला हिंसाको घटनामा विशेष अभियान सञ्चालन गर्न लागेका छौं ।
प्रहरी परिसर पालमा बसिरहेको छ । काम गर्ने वातावरण चाहीँ हामीलाई चाहिएको छ । यसो भनिरहँदा हामी त्यसै बसिरहेका छैनौ । महिलाको विषयमा हामीले छुटै ब्युरो बनाएर सबैको पहुँच हुने गरी काम गर्न सोच बनाएका छौं । यसको लागि धेरै मानिसहरु काठमाडौमा केन्द्रीत भएको हुनाले स्थान माग गरेका छौ । अझै पाएका छैनौ ।
अनुसन्धानमा विशेष योजना लागू पनि गरेका छौं । नेपाल प्रहरीले के चाहीँ प्राप्तिको कुरा गरेको छ भन्ने कुरा पनि उठ्यो । प्रहरी संघीयतमा गएको अवस्थामा छ । स्रोत साधनले सम्पन्न भएको अवस्था छैन् । तर यो अवस्थामा पनि हामीले प्रहरीलाई संघीयतमा लैजाने विषयमा धेरै अपठ्यारा पार गर्दै गइरहेका छौं । एक त कानुनी रुपमा सबै कुरा आइनसकेको अवस्था छ । स्थानीय रुपमा प्रदेशिक रुपमा ठूलो परिणाममा जग्गा प्राप्त भएको छ । विशेष योजना अन्तर्गत लैङगिक हिंसा,बलात्कार, मान बेचबिखन, साइबर अपराध लगायतका अपराध नियन्त्रण गर्न विशेष योजना तयार गरेका छौं ।
०००
निर्मला पन्तको सम्बन्धमा – यो घटनाको अनुसन्धान जारी रहेको अवस्था छ । यस बारेमा प्रहरीले गम्भिरताको साथ अगाडि बढेको छ । प्रहरी संंगठनको प्रहरीको हैसियतले म भन्न भन्न चाहन्छु–चिन्ता लागेर निद्रा पनि नलागेको अवस्था छ । यस सम्बन्धमा हाम्रो सामाथ्र्यले जति गर्न सक्छ, त्यो काम गरिरहेको छ । तर अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि पनि नगरिदिए चाडो नै यसलाई परिणाममा लैजान्छौ ।
नेपाल प्रहरीले संगठनको नेतृत्व सम्हालेको हैसियतमा कुनै पनि व्यवसायीकताबाट एक रौं पनि गलत गरेको छैन । गर्न दिएको अवस्था पनि छैन् । संगठन गतिशिलत हुन्छ । बडिखेलको घटना पनि १३ बर्षपछि पत्ता लागेको हो । म नै अपराध महाशाखामा हुँदा गरेको हुँ । धेरै घटनाहरु छन् । यसमा म जान चाहन्न । म के आश्वास्त पार्न चाहन्छु भने व्यवसायिकता निष्ठा र इमान्दारीताको साथ नेपाल प्रहरीले काम गर्छ ।
घटनाको अनुसन्धान गरिहेको छ । सिसी क्यामेराले हाम्रा सिटीहरु अनुबन्धित भएको अवस्था होस् त हामीसँग सबै ठाउँमा रेकर्ड होस् । महानगरपालिकाले डाटा राख्ने होस त । यी सबै काम प्रहरीले गर्नु परेको अवस्था छ । यस्तो विषयले पनि अनुसन्धानमा अपठ्यारो परिरहेको अवस्था हो । यसो भनिरहदा म निर्मला पन्तको हत्यारा अहिले नै पत्ता लगाउन चाहेको अवस्था छ । केही घटनामा चार बर्षसम्म अनुत्तरित रुपमा रहेका घटना छन् । यस संवेनशिल घटनामा हामी संवेदनशिल छौ । पत्ता लगाउन दृढतापूर्वक लागेका छौ । कसैको प्रेसरले नेपाल प्रहरी अनुसन्धानको लागि प्रभावित हुँदैन ।
नेपाल प्रहरीको मैले नेतृत्व गरिरहँदा यो अवस्थाको कुनै पनि गन्जायस छैन् । अनुसन्धानमा सहयोग गर्न सम्पूर्ण सबैमा अपिल पनि गर्दछु । कतिपय कुराहरु कानुनी रुपमा परिमार्जन गर्नुपर्ने आवश्यकता छ । हामी विज्ञ सहितको अनुसन्धान गररहेको छौं । नामहरु हतारमा दिइ हाल्ने बानी पनि छ । यो पनि स्पष्ट पार्न चाहन्छौ, त्यो सँगसँगै अरु नामहरु पनि जोडिएको अवस्था हुन्छ । नेपाल प्रहरीलाई अनुसन्धानको घटनामा कहाँ सहयोग गर्यौं त ?
त्यो पनि हेर्नुपर्ने हुन्छ । कुनै पनि सामुहिक रुपमा घटना घटाएको छ त्यस मध्येबाट एकलाई पक्राउ गरियो भन्ने कुरा बाहिर गयो भने त उसँग जोडिएकाहरु त भाग्ने गर्छन् वोर्डर खुल्ला छ । बोर्डर पाँच मिनेटमाा क्रस हुन्छ । यो अवस्थामा पनि नेपाल प्रहरीले काम गर्नुपरेको छ । प्रहरी महानिरीक्षकले अपराधी जोगाइस् कि भन्ने कुनै पनि आशंका नगर्नुहोस् । कही कतै पनि प्रेसर छैन । हामीले गरिराखेका छौं । तर यस घटनामा हामीले सोधपुछ नै गर्नुपर्ने अवस्था छ । २४ घण्टा भन्दा बढी राख्नु पर्ने छ । फौजदारी संहिता आएको अवस्था छ ।
पक्राउ पुर्जी जारी गरेर मात्र राख्नु पर्र्ने, कानुनी अपठ्याराहरु पनि छन् । यस बारेमा हामीले लिखित रुपमा पनि पठाएका छौं । किनभने यो प्रहरी संगठन कुनै प्रहरी महानिरीक्षको मात्र होइन । बाधा अपठराहरु पनि छन् । हामी अगाडि बढिरहेका छौं । विश्वास नै सबै भन्दा ठूलो कुरा हो । कुनै मानिसलाई ल्याएर अपराधी करार गर्नु छैन ।
कुखुरा चोर राम्रो हो भनेर पनि कसैले भन्न सक्नुहुन्न । कुखुरा चोर राम्रो हो भनेर कसरी भन्ने ? एक पटक कुखुरा चोरेको भनेर सधै भनिरहुन पनि उसको लागि त्यति सान्दर्भिक हुन्न । उ होइन भने को चाहीँ छ त ? हामीले गरेको अनुसन्धानमा निस्वार्थ रुपमा संगठन यही काममा लागेको छ । केन्द्रीय अनुसन्धान व्युरोलाई यसो गर उस गर भनेको छैन । मैले आजसम्म गरेको पनि छैन ।
गर्ने वाला पनि छैन् । यदी गरेको भेटाउनु भो भने भन्नहोस् । निस्वार्थ र निस्पक्ष रुपमा नै गरेको छु । यो विषयमा शंका नराख्नुहोला । ईलाका जिल्ला प्रहरी कार्यालय, संघीय प्रहरी कार्यालय प्रदेश प्रहरी कार्यालय छ त्यसपछि सिआइबी छ । त्यसपछि अपराध अनुसन्धान विभाग छ । त्यसपछि म छु । मैले कुनै पनि दबाब दिएको छैन । यदी पाउनु भयो भने संसदमा राखेर मेरो बर्दी खोलदिए हुन्छ ।