काठमाडौँ, पुष २ । चौधरी ग्रुपको मातहतमा रहेको चौधरी औद्योगिकग्रामलाई सरकारले कारवाही गरेको छ । वातावरण ऐनविपरित उद्योग संचालन गरेको भन्दै उक्त ग्रामलाई जरिवाना गरि तत्काल वातावरण ऐन अनुसार संचालन गर्न निर्देशन दिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतका अनुसार वातावरण संरक्षण ऐन २०५३ को दफा १८ मा भएको शर्तविपरित उद्योग सञ्चालन गरेको पाइएपछि जरिवाना गरिएको हो । यसरी कारवाहीमा पर्नेहरुमा बाराको हुलास स्टिल, काभ्रेको क्युरेक्स फर्मास्युटिकल्स प्रालि, काभ्रेको धुलिखेल अस्पताल, हेटौँडाको युनाइटेड ब्रुअरी र बाराको कृष्ण रिफाइनरी एण्ड भेजिटेबल प्रालिलाई पनि जरिवाना गरिएको छ । सोमबारको आर्थिक दैनिकमा समाचार छ ।