सभापति देउवा पक्षधर नै हिन्दुराष्ट्रका पक्षमा, क–कसले गरे हस्ताक्षर ? (प्रमाणसहित)

Diyo post  

काठमाडौं, पुस २ । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा पक्षधर नै हिन्दु राष्ट्रको अभियानमा लागेका छन् ।

धर्मनिरपेक्षता नभई हिन्दु राष्ट्र नेपाल बनाउने गरी नेपाली कांग्रेसको महासमिति बैठक स्थल बाहिर भएको हस्ताक्षर अभियानमा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर जिल्ला सभापति नै हिन्दु राष्ट्र नेपाल बनाउने अभियानमा लागेका हुन् ।
सभापति देउवाको गृह जिल्ला डडेल्धुराका कांग्रेस सभापति कर्ण मल्लले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने अभियानको दोस्रो नम्बरमा हस्ताक्षर गरेका छन् ।

६ सय बढी सदस्यहरुले हस्ताक्षर गरेको यो अभियानमापहिलो नम्बरमा केन्द्रीय सदस्यशंकर भण्डारीले हस्ताक्षर गरेका छन् । भण्डारी नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्दै खुल्ने र अभियान थाल्ने प्रभावशाली नेता मध्येका हुन् । खुमबहादुर खड्काको निधन पश्चात यो अभियानको नेतृत्व खड्काले गरिरहेका छन् ।

महासमितिमा संकलन गरेको हस्ताक्षर अभियानलाई महासमितिको बन्द सत्रमा प्रवेश गराउने गरी अभियानमा उनीहरु सक्रिय भएका हुन् ।

दुई हजार हाराहारी महासमिति सदस्य रहेको कांग्रेस बैठकमा ६ सय बढीले हिन्दु राष्ट्र बनाउने अभियानमा हस्ताक्षर गरे पछि कांग्रेस महासमितिलाई दबाब पुग्ने देखिएको छ ।

अझै दुई दिन बैठक लम्बिने हुँदा हस्ताक्षर गर्ने अभियान अझै बढेर जाने र पार्टी नेतृत्वलाई दबाव पुग्ने यो अभियानमा सहभागी नेताहरु बताउँछन् ।

सम्बन्धित खबर