नोट छपाईमा भ्रष्टाचारः पुर्व गभर्नर रावलविरुद्ध एक करोड विगोसहित अख्तियारकाे मुद्धा

दियो पोस्ट  

काठमाडौँ पुष ५ । नेपाल राष्ट्र बैँकका पुर्व गभर्नर डा. तिलकबहादुर रावलविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर भएको छ । अष्ट्रेलिया अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नोट छपाईको समयमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

अष्ट्रेलियामा १० को ५ करोड थान पोलिमर नोट छपाई गरिँदा भ्रष्टाचार गरेको आरोप रावलमाथि लगाइएको छ । अख्तियारले रावललाई ९१ लाख बढी बिगो दाबी गरेको छ । रावलसँगै अख्तियारले तत्कालीन नोट विभाग प्रमुख उपेन्द्र केसरी पौडेल र स्थानीय प्रतिनिधि हिमालबहादुर पाँडेविरुद्धसमेत भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको उजुरीमाथि अख्तियारले अनुसन्धान गरेर मुद्दा दायर गरेको हो ।

अनुसन्धान हुँदा बोलपत्र पूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाइ हस्तान्तरण गर्न लगाउने, नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधी बिचका निरन्तर पत्राचार हुने, छापिएका नोटका कमिकमजोरी मिडियामा नल्याउनका लागि मिडियाकर्मीलाई थाइल्याण्ड हुदै अष्ट्रेलिया पठाउने, नोट छपाईका लागि जसलाई पछि कार्यादेश दिइएको हो उसलाई नै बोलपत्र पूर्व नै नोटको डिजाईन गर्न लगाउने, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजश्व छल्ने नियतले कमिशन उल्लेख नगर्नेसम्झौता गरेको पुष्टि भएको आयोगले दाबी गरेको छ ।

TATA ADD