काठमाडौं, पुस १२ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । उनलाई गत भदौमा सररकाले तेस्रो कार्यकालको लागि प्राधिकरण अध्यक्षमा नियुक्ति गरेको हो । यसअघि मन्त्रिपरिषद्को असार २० को गते बैठकले अघिल्ला सरकारको राजनीतिक नियुक्ति रद्द गर्ने निर्णयसँगै झाले प्राधिकरण अध्यक्ष पद गुमाएका थिए ।
सरकारले पुनः उनलाई खुला प्रतिस्पर्धाबाट अध्यक्ष पदमा नियुक्त गरेको थियो । नेकपाको स्थायी कमिटीको बैठकमा पनि उनको नियुक्तिलाई लिएर व्यापक आलोचना भएपछि झाले पत्रकार सम्मेलन गर्दै आफ्नो चरित्रहत्या भएको दाबी गरेका थिए ।
२०६९ मा प्राधिकरण अध्यक्ष नियुक्त भएका झाको कार्यकाल शेरबहादुर देउवा नेतृत्वको सरकारले थपेको थियो । केपी ओली नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै वैशाख दोस्रो साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनलाई अध्यक्षको रुपमा दैनिक कार्यसञ्चालनबाहेकका काम नगर्न निर्देशन दिएको थियो ।
यो पनि पढ्नुहोस् स् प्रतिवेदन लुकाएर ‘अयोग्य’ झाको पुनर्नियुक्ति
झाको नेतृत्वमा दर्जनौं बेथिति स् प्रतिवेदन
असार २० गते बसेको मन्त्रिपरिषद्को बैठकले २०७४ भदौ १४ पछि भएका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै झा बर्खास्तीमा परेका थिए । झाले सरकारको निर्णयविरुद्ध अदालतमा रिट दायरसमेत गरेका थिए । अदालतबाट सरकारको नाममा कारण देखाउ ओदश जारी भइसकेको अवस्थामा समेत झाले आफ्नो रिट फिर्ता लिएका थिए ।
मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ संयोजकत्वको प्राधिकरण अध्यक्ष सिफारिस समितिको प्रस्तावमा भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले पुनस् अध्यक्षमा नियुक्त गरेको हो । कान्तिपुर दैनिकबाट