२०७८ मंसिर २ मा महाधिवेशन गर्ने ओली पक्षको निर्णय

Diyo post  

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली पक्षले महाधिवेशन मिति घोषणा गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रिय सदस्यहरुको भेलाले २०७८ साल मंसिर २ गते महाधिवेशन गर्ने घोषणा गरेको हो ।

मंगलबार नै ओली पक्षले ११ सय ९१ सदस्यीय महाधिवेशन आयोजक समिति समेत घोषणा भइसकेको छ भने पुष ९ गते उक्त समितिको पहिलो बैठक बस्ने निर्णय समेत भइसकेको छ ।

संसद विघटन गरेपश्चात पार्टीभित्र नै अल्पमतमा परेका प्रधानमन्त्री ओलीले आफुपक्षको केन्द्रिय समितको भेला गर्दै नारायणकाजी श्रेष्ठलाई हटाउँदै आफ्नै समुहका प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेका छन् ।

सम्बन्धित खबर

ट्रेन्डिङ