* भारतीय गृहमन्त्री नेपाल आउने समाचार हल्ला मात्रै

दियो पोस्ट  

काठमाडौं, १० पुस । भारतीय गृहमन्त्री अमित शाह नेपाल आउने गलत रहेको पाइएको छ । भारतीय जनता पार्टीका अध्यक्ष समेत रहेका शाह एयर इण्डियाको उडान मार्फत भोली नेपाल आउने हल्ला चलेको थियो । तर,
नेपाल स्थित भारतीय दूतावास स्रोतले भने गृहमन्त्री शाहको नेपाल भ्रमण तय नभएको बतायो । गृहमन्त्री शाह नेपाल आउने विषयमा दुतावासलाई हालसम्म कुनै सुचना नै नआएको दुतावास स्रोतको भनाई छ ।
यसअघि प्रकाशित समाचार गलत भएकोले हटाइएको छ । यसबाट पाठकमा पर्न गएको भ्रमप्रति क्षमायाचना गर्दछौँ : सम्पादक

सम्बन्धित खबर