वागमती कांग्रेसमा त्रिपक्षिय भिडन्त : बानियाँ, प्रधान र केसी मध्ये को बन्ला सभापति !

diyopost.com
दियो पोस्ट  बिहिबार, मंसिर १६, २०७८ | ०:५५:२५

काठमाडौं, १५ मंसिर । नेपाली काँग्रेस वागमति प्रदेशमा त्रीपक्षिय भिडन्त देखिने भएको छ । संस्थापन पक्ष अर्थात शेरबहादुर देउवाको पक्षबाट वागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाँले उम्मेदवारी घोषणा गरेका छन् ।

त्यस्तै देउवा र सिटौलाको समर्थन रहेको भन्दै पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानले पनि प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

यता रामचन्द्र पौडेल पक्षबाट भने नुवाकोटका नेता जगदिश्वरनरसिंह केसीले सभापति बन्ने घोषणा गरेका छन् ।

सभापतिको दाबीमा धादिङका रमेश धमला, मधु आचार्य, राजुराज जोशी र रामकृष्ण घिमिरेको चर्चा थियो । तर, अन्तिममा केसीले बाजी मारेका हुन् । देउवा पक्षबाट उम्मेदवार बनेका पूर्व रक्षामन्त्री प्रधानलाई प्रकाशमान सिंहले समेत समर्थन गरेको दाबी गरिएको छ ।

तर, कांग्रेस भित्र छुट्टै प्यानल बनाएर अघि बढेका सिंहले गगन थापासँगको सहकार्यमा छुट्टै उम्मेदवार खडा गर्ने संभावना समेत उत्तिकै रहेको पाइएको छ ।

 

सम्बन्धित खबर