राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले भने,‘राजाको भलो होस्’’ !

diyopost.com
दियो पोस्ट  आइतबार, मंसिर १९, २०७८ | ११:१८:३४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार विहान सम्पन्न मत गणनामा लिङ्देनले कमल थापालाई १९९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याएका छन् । ४३१ मत बदर भएको श्रेष्ठले जानकारी दिए ।

 

यसैबीच, अध्यक्षमा पराजित थापाले सामाजिक सञ्जालमार्फत लिङ्देनलाई बधाई दिँदै मत परिणाम स्वीकार गरेका छन् । उनले आफू पराजित हुनुमा निर्मल निवासलाई जिम्मेवार देखाएका छन् ।

गणतन्त्र विरुद्ध २०६३ सालदेखि टाउकोमा कफन बाँधेर आफूले लडेको भन्दै थापाले आफूलाई परािजत गराएकोमा निर्मल निवास र ज्ञानेन्द्र शाहलाई धन्यवाद दिए ।

सम्बन्धित खबर