काठमाडौं । महानगरीय प्रहरी अपराध महासाखाले २ जना गुण्डा नाइकेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिलन जोशी र रविन्द्र बस्नेत रहेका छन् ।
काठमाडौंको पानीपोखरीमा रहेको युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनिका सञ्चालकलाई जोशी र बस्नेतले हामी यो एरियाको दादा हौँ भन्दै विदेश पठाएका व्यक्तिबाट प्रति व्यक्ति २५ हजार रुपैयाँका दरले ९० लाख २५ हजार रुपैयाँ कमिशन लिएको प्रमाण फेला परेको थियो ।
लकडाउनको अवस्थामा समेत कमिशन चाहियो भन्दै गुण्डा नाइकेहरुले धम्की दिएको पीडितले प्रहरीलाई बताएका छन् ।
उनीहरुले जोशी र बस्नेतले ज्यानमार्ने धम्की दिएको समेत पीडितको दाबी छ । प्रहरीले उनीहरुलाई आज दिउँसो २ बजे रानीपोखरी क्षेत्रबाट पक्राउ गरेको हो ।