सांसद जीवनराम श्रेष्ठमाथि अन्नपूर्ण होटलकी सञ्चालक सृजना राणाद्वारा हातपात (भिडियोसहित)

diyopost.com
दियो पोस्ट  मंगलबार, मंसिर २१, २०७८ | १६:५२:४२

काठमाडौँ । दरबारमार्गस्थित होटल डेला अन्नपूर्णका सञ्चालक कपिल राणा र उनकी श्रीमती सृजना राणाले छाउनीमा कब्जा गरेको खुलाशा भएको छ । कब्जा गरेको जग्गा छुटाउन पुगेका नेकपा एकीकृत समाजवादीका केन्द्रीय नेता एवं सांसद जीवनराम श्रेष्ठमाथि उनै राणाले आक्रमणको प्रयास गरेकी छिन् ।

 

राणाद्वयले राजा वीरेन्द्रको वंशनाश भएपछि नेपाल ट्रष्टमा जानुपर्ने राजपरिवारका सदस्यहरुको दरबारमार्गमा खोलिएको उक्त अन्नपूर्ण होटलको सेयर जालसाजी गरेर आफ्नो नाममा सारेर सञ्चालन गर्दै आएका छन् । उक्त जग्गा जालसाजी गरेर कब्जा गरेको नेपाल ट्रष्टका कर्मचारीहरुले नै बताए पनि उनीहरुले फिर्ता गरेका छैनन् ।

दरबारमार्गको होटलको सेयर फिर्ता नगरेको जस्तै गरी छाउनीको सार्वजनिक जग्गा पनि कब्जा गरिरहन उनीहरु हातपातमा उत्रिएका हुन् । होटलको सेयर आफ्नो नाममा ल्याए पनि उनीहरुले छाउनीको मिचिएको जग्गाको पुर्जा भने आफ्नो बनाउनसकेका छैनन् । राणा दम्पतीले छाउनीमा रहेको हेलेन शाहको नामको घरजग्गा हडपेर बस्दै आएका छन्् । सोही जग्गासँग जोडिएको सार्वजनिक जमिन कब्जा गरेर उनीहरुले घरटहरा बनाएर कामदार राख्दै आएका छन् ।

 

पैसा र शक्तिको भरमा उनीहरुले दादागिरी गरेर सार्वजनिक जग्गा कब्जा गरेर टहरा बनाएका हुन् । उक्त सार्वजनिक जग्गा सेनाले लिन खोज्दा समेत उनीहरुले दिएका थिएनन् र सांसद विकास कोषको सहयोगमा सार्वजनिक पार्क विस्तार गर्न खोज्दा होटल डेला अन्नपूर्ण कब्जा गरेजस्तै गरेर बसेकी राणाले श्रेष्ठलाई धक्कामुक्का गरेकी हुन् ।

 

राणाले कब्जा गरेको सार्वजनिक जग्गा अगाडि पार्क बनिसकेको छ र पछाडि पनि पार्क बनाउन नगर प्रहरीमार्फत राणालाई सूचना दिइसकेको थियो । तर राणाले टेरपुच्छर नलगाएपछि गत असार १५ गते सांसद श्रेष्ठ आफ्ना सहयोगीहरुका साथ उनलाई सम्झाउन कब्जा गरिएको जमिनमा पुगेको थिए तर श्रीमती राणाले सांसद श्रेष्ठको कुरै नसुुनी उनीमाथि जाई लागेकी थिइन् र सांसद श्रेष्ठलाई धक्कामुक्का गरेकी थिइन्  ।

 

सांसद श्रेष्ठमाथि हात हालेपछि प्रहरी कारबाही बढ्ने भएपछि उनले शक्ति केन्द्रहरुमा रोइकराइ गर्दै दौडधूप गरिरहेकी थिइन् र उक्त कारबाही अघि नबढाउन अनुनय विनय गरेकी थिइन् । पछि सांसद श्रेष्ठसँग माफी मागेर उक्त घटनालाई सामसुम पारिएको थियो । भिडियोमा उनले ‘हु आरयु’ भन्दै गाली हातपात गरेको स्पष्ट देखिन्छ ।

उक्त घटना सामसुम पार्नुुअघि असार २२ गते व्यवस्थापनको लागि समय पाऊँ भनी काठमाडौं महानगरपालिकाको १५ नम्बर वडा कार्यालयमा निवेदन हालेकी थिइन् । उनले निवेदनमा यसरी भूmठो दाबी गरेकी छिन्, ‘म निवेदक का. जी. का. म. न.पा वडा नम्बर १५ छाउनीमा मेरा पुर्खाको पालादेखि नै स्थायी बसोबास गरी आएको व्यक्ति हुँ ।’ उनको यो दाबी किन झूठो हो भने उनी तत्कालीन कामनपा ३३ हाल कामनपा ३० को स्थायी बासिन्दा हुन् भने उनको लोग्ने कपिल राणा हाल कामनपा वडा नम्बर २८ कमलादीका स्थायी बासिन्दा हुन् ।

कपिल सात वर्षको हुँदा आमा केतकी बेलायती पुरुषसँग पोइल गएपछि उनलाई दरबारले १६ वर्षसम्म पाल्ने, पढाउने, हुर्काउने जिम्मा लिएको तर अंश श्रीसम्पत्तिमा दाबी गर्न नपाउने भनी राजदरबारसँग सचिवालयले चिठी नै दिएर पालेको हो । सृजना राणाले निवेदनमा दाबी गरेजस्तो उनीहरु दुवै त्यहाँका स्थायी बासिन्दा होइनन् ।

कपिल र सृजनाको बिहे भएपछि उनीहरु अहिले बसेको हेलेन शाहको घरमा भित्र्याइएको पनि होइन । उनीहरु बिहेपछि छाउनीतिरै डेरामा बस्ने गरेका थिए । यस्तो वास्तविकतालाई उनले झूठमा परिणत गरिदिएकी छिन् ।

 

उनले निवेदनमा ‘उक्त जग्गामा हाल पार्क निर्माणको काम भइरहेकोमा अचानक म सम्बन्धित व्यक्तिलाई सूचना नै नदिईकन मिति २०७८ असार १५ गतेका दिन सो मैले उपभोग गर्दै आइरहेको घर टहरा भत्काई जग्गा खाली गराउन वहाँ कार्यालयका कार्यदलसहित आउनुभएकोले मैले वर्षौँदेखि भोगचलन गरिरहेको घरटहरा भत्काउन खोजेको हुँदा सोको व्यवस्थापन गरी अन्यत्र सोहीबमोजिमको घर निर्माण गर्नलाई नक्सापास तथा निर्माण गर्न लाग्ने समय चाहिने हुन्छ ।

तर उनले त्यसो भनेर निवेदन दिए पनि वर्षात् सकिएर मध्यहिउँद हुँदा पनि उक्त सार्वजनिक जग्गा खाली गरेकी छैनन् भने उक्त घटना सार्वजनिक हुँदा आफ्नो प्रतिष्ठामा आँच आउने ठानेर सांसद जीवनराम श्रेष्ठले त्यसलाई सार्वजनिक गरेर आफ्नो योजना अघि बढाउने आँट गरेका छैनन् । आर्थिक दैनिकसँगको सहकार्यमा

सम्बन्धित खबर