ईन्द्र बानियाँसँग चुनाव हारेपछि कांग्रेस नेता जगदिश्वरनरसिंह केसी केसी किन पुगे दुम्जा ?

diyopost.com
दियो पोस्ट  मंगलबार, मंसिर २१, २०७८ | २१:३०:३१

काठमाडौं । नेपाली कांग्रेसको जारी अधिवेशनमा वागमती प्रदेशको सभापतिमा पराजित भएपछि कांग्रेस नेता जगदिश्वरनर सिंह केसी विपीको जन्मभूमि पुगेका छन् ।

बागमती प्रदेश सभाको संसदीय दलका नेता इन्द्र बानियाँसँग हारेपछि केसी विपीको जन्मभूमि सिन्धुलीको दुम्जा पुगेका हुन् । उनले उक्त क्षेत्रमा पुगेर धर्तीलाई ढोग समेत गरेका छन् ।

‘हेटौडामा पार्टीको प्रथम बागमती प्रदेश अधिवेसनपछि आज कांग्रेस संस्थापक महामानव वी.पी. कोइरालाको जन्मस्थल सिन्धुलीको दुम्जा आइपुगेको छु । वीपीले पहिलोपटक धर्ती स्पर्श गर्नुभएको दुम्जाको माटोमा उभिएर वी.पी.ले निर्माण गर्नुभएको कांग्रेस, अघि सार्नुभएको आदर्श र देखाउनुभएको लोकतन्त्रको बाटोलाई सम्झिएँ,’ केसीले लेखेका छन्,‘ ‘वी.पी.ले देखाउनुभएको कांग्रेस हिँड्नुपर्ने त्यो बाटो र आजको नेतृत्वले कांग्रेसलाई घिसारिरहेको यो बाटो सम्झिएँ । वी.पी.ले परिकल्पना गर्नुभएको कांग्रेसको निष्ठा र आदर्श आज कोमामा पुर्याइएको छ । यसलाई अब घाटमा पुग्न दिनु हुँदैन, फर्काएर पुनर्जागरण गर्नु र पुनर्जीवन भर्नु आवश्यक छ । वी.पी. जन्मस्थलको पवित्र माटो छोएर आज प्रण गरेको छु कि कुनै पनि अवस्थामा पार्टीलाई विधिविहीन र कार्यकर्तालाई विवेकविहीन बनाउने कार्यविरुध्द सङ्घर्ष गरिरहनेछु । निष्ठाको राजनीति र पार्टीको साख अभिवृध्दिका साथै सबल,सुदृड र बैचारिक काङ्गेसका निम्ति सङ्घर्ष, समन्वय र सहकार्य गर्दै अघि बढिरहनेछु ।’

सम्बन्धित खबर