केपी ओलीले खोजी गरेका कालीबहादुर खाम माओवादी केन्द्रको सुरक्षा विभागको सदस्य !

diyopost.com
दियो पोस्ट  बिहिबार, मंसिर २३, २०७८ | १२:२३:१५

काठमाडौं । माओवादीका पूर्व जनसेना डिभिजन कमाण्डर कालिबहादुर खाम ‘विविध’ पटक पटक चर्चा र विवादमा आइरहन्छन् ।

उनीमाथि कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्या गरेको गम्भिर आरोप छ । उनै खाम केही पूर्व जनसेनासहित तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।
उनले ओलीलाई भेटेसँगै नेकपा विभाजन ताका उनी ओली खेमा तिरै लागेको चर्चा समेत भएको थियो । तत्कालिन प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममै ‘कालीबहादुर खाम कता छन् ?’ भन्दै प्रचण्डलाई प्रश्न गरेका थिए । तर, ओलीले प्रश्न गरेका खाम अन्तत ः माओवादी केन्द्रमै खुलेका छन् ।

उनलाई माओवादी केन्द्रले राष्ट्रिय सुरक्षा विभाग सदस्यको रुपमा राखेको छ ।

कृष्ण बहादुर महरा संयोजक रहेको सुरक्षा विभागमा खामसहित पूर्व जनसेनाका कमाण्डरहरु छन् । लामो समय प्रचण्डसँगै रहेका सन्तु दराई विभागको सहसंयोजक छन् । विभाग सदस्यमा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही, पूर्व खेलकुद मन्त्री दलजीत श्रीपाली लगायतका व्यक्तिहरु सदस्य छन् ।

सम्बन्धित खबर