काठमाडौं । आफुलाई सेलीब्रेटी पत्रकार भन्दै लामो समय देखि विभिन्न सहकारीबाट पैसा असुल्दै आएकी एन्जीना कार्की पक्राउ परेकी छिन् ।
कार्कीलाई बसन्तपुरबाट मंसिर २२ गते नगद एक लाख सहित महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले पक्राउ गरेको हो । उनीले एक सहकारी सहकारीलाई लामो समय देखि ठूलो रकम माग्दै आएकी थिइन् । कार्कीले सहकारीसँग ८ लाख बैंक मार्फत लिएकी थिइन् भने विभिन्न समयमा गरेर ७ लाख लिइसककेकी थिइन् । अति नै भएपछि सहकारीले प्रहरीलाई खवर गरी एन्जिनालाई स–प्रमाण पक्राउ गरेको हो । कार्कीमाथि सहकारी लगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको समेत आरोप छ ।
एन्जिना लामो समय देखि पत्रकारितामा थिइन् । कार्कीले तीन वर्ष तराइ टेलिभिजनमा काम गरेकी थिइन् । त्यस पछि हिमाल टेलिभिजन हुँदै भारतको जि टिभीमा नेपालबाट स्टीन्जरको रुपमा कार्यरत थिइन् । भारतिय टेलिभिजन जि–टिभीमा काम गरेपछि उनीले नेपाल रहेर केही अनलाइ न्यूज पोर्टलसँग मिलेर सहकारीहरुबाट पैसा असुल्ने काम शुरु गरेकी थिइन् । अहिले एन्जिना कुनै पनि संचार माध्यममा आवद्ध नरहेको तर पत्रकारिता पेशाको नाममा उनले ठगी गर्दै आइरहेकी थिइन् । उनलाई ठगी कार्यमा उनको फेसबुकमा रहेका नेपालका संचारकर्मी, व्यवसायी र राजनीतिक पार्टीका व्यक्तीहरुसँग खिचाएको तस्विरले सहयोग गरेको थियो । उनको यस्तो धन्दामा उनीसहित सात ,आठ जनाको समूह रहेको छ ।
अहिले एन्जिना कार्कीलाई सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएको छ । उनीले विभिन्न काम बनाइदिन्छु भन्दै रकम समेत असुल्ने गरेको स्रोहखुट्टे प्रहरीले जनाएको छ । कार्कीलाई हिरासतमा राखिएपछि अनुसन्धान भने जारी रहेको प्रहरी जनाएको छ । जनसेवाका प्रमुख डिएसपी डिल बहादुर मल्लले पनि उनलाई पक्राउ गरिएको पुष्टि गरे ।