मतदानस्थलमा शेरबहादुर देउवाको पक्षमा नाराबाजी, जितको खुसीयालीमा नाचगान !

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा मतदान जारी छ । राजधानीको भृकुटीमण्डप जारी मतदान स्थलमा सभापतिका प्रत्यासी शेर बहादुर देउवाको पक्षमा नाराबाजी जारी छ । मतदानस्थलमा देउवाका समर्थकहरुले चर्को नाराबाजीका छन् ।

महाधिवेशन स्थलको माहोलहेर्दा देउवाको जित सुनिस्चित जस्तै देखिएको छ ।

 

 

पहिलो चरणमा सम्पन्न निर्वाचनमा पहिलो भएका देउवा विजयी भने बन्न सकेनन् । दोस्रो चरणमा उनको पक्षमा सभापतिका प्रत्यासी प्रकाशमान सिंह र विमलेन्द्र निधि खुलेका थिए ।

उनीहरु दुई जना खुलेसँगै सभापतिमा शेरबहादुरको जित पक्कापक्की भएको छ । उनको पक्षमा नाचगान नै शुरु भइसकेको छ ।

सम्बन्धित खबर

ट्रेन्डिङ