दियोपोस्ट समाचार प्रभाव : धुनेवेशीमा उच्च तहको मिलेमतोमा सञ्चालित अवैध ढुंगाखानी बन्द !

diyopost.com
दियो पोस्ट  शनिबार, पौष ०३, २०७८ | १४:५५:०२

धादिङ्ग : धादिङ्गको धुनेवेशी नगरपालिका वडा नम्बर ९ मा सञ्चालित अवैध ढुंगा खानी बन्द भएको छ ।
दियोपोस्ट डटकमले उक्त अवैध खानीबारे बुधबार समाचार प्रकाशित गरेपछि जिल्ला स्थित नियामक निकायले उक्त खानी बन्द गराएका हुन् ।
‘अहिले खानी बन्द भएको छ । अहिले त्यहाँ केही पनि सञ्चालनमा छैन,’ इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरिक्षक अपुर्व ढुंगानाले भने,‘सबै कुरा सिडीओ सापलाई थाहा हुन्छ । हामीले खानी सञ्चालकलाई पनि बोलाएका छौँ । हामीले सिडिओसापालाई नै रिपोर्टिङ्ग गर्ने हो ।’
स्थानियबासीका अनुसार उक्त क्षेत्रको अन्य खानी समेत बन्द भएको छ । माओवादी नेता शालिकराम जमकट्टेलका निकट प्रविन लामाले सञ्चालन गरेको खानी पनि बन्द गरिएको स्थानियबासीले बताएका छन् ।
‘खानीका कारण म रोएर हिँड्न परेको थियो । जहाँ गएपनि मेरो कुरा सुनुवाई भएको थिएन,’ वडाध्यक्ष साइला राइले भने,‘अहिले बन्द भएको भन्ने सुनेको छु । जनता रोएर हिँडेको छ । हामी कहाँ गएर कसलाई भन्ने । प्रहरी र सिडिओको आँखा छल्न केहीबेर नचलेजस्तो गर्छ । तर आँखा छलेर खानी सञ्चालन हुन्छ ।’

सम्बन्धित खबर