यी हुन् ललिता निवास जग्गा घोटालाका मुख्य विचौलिया दम्पत्ति

diyopost.com
दियो पोस्ट  बुधबार, पौष ०७, २०७८ | २०:३०:२७

काठमाडौं । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणको मुख्य विचौलिया रामकुमार सुवेदी र उनकी पति माधवी सुवेदीलाई पक्राउ गरेको छ ।

समरजंग कम्पनिको जाहेरी तथा नेपाल सरकार वादी भएको उक्त मुद्दामा सुवेदी दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा विभिन्न झूटो किर्ते कागजात तयार पारी विभिन्न व्यक्तिको नाममा विक्री गरेका थिए । सवेदी दम्पतिको नाममा समेत हालसम्म जग्गा रहेको सिआइबीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान गर्न सिआइबीले थप ५ दिनको म्याद पाएको छ ।

सुवेदी दम्पत्ति पक्राउ परेसँगै अन्य विचौलियालाई समेत तनाव भएको छ । मुख्य नाइकेहरु मिनबहादुर गुरुङ्ग, सुहृदराज घिमिरे, पुरुषोत्तम पौड्याल लगायत दर्जनौँ व्यक्ति पक्राउ पर्ने संभावना देखिएको छ ।

 

सम्बन्धित खबर