अश्लिलता फैलाएको आरोपमा अर्का युट्युबर पक्राउ !

diyopost.com
दियो पोस्ट  सोमबार, पौष १२, २०७८ | १७:३०:४५

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको साइबर ब्युरोले ‘युटुबरहरुलाई’ पक्राउ गर्न थालेको छ । युट्युब मार्फत अस्लिलता फैल्याएको भन्दै साथी भाई अनलाइन टिभिका सञ्चालक राम बहादुर मल्ललाई ब्युरोले पक्राउ गरेको छ । ब्युरोका अनुसार उनले युट्युबमा अश्लिल शिर्षक भिडियो मार्फत समाजमा अश्लिलता फैल्याएका थिए ।

आफूलाई रामु विरही मल्ल बताउने मल्ललाई जिल्ला अदालत काठमाडौंको अनुमतिको आधारमा पक्राउ गरिएको हो । उनी बाग्लुङको निसीखोला गाउँपालिका वडा नम्बर १ पाखापानी घर भई काठमाडौंको अनामनगरमा बस्दै आएका थिए ।

उनलाई पक्राउ गरि ५ दिनको म्याद थप भएको ब्युरोले बताएको छ ।

 

सम्बन्धित खबर